नमस्ते बेनीनगरपालिकावासी,
बेनी नगरपालिकाका सम्पूर्ण गुनासो, सुझाव र प्रतिक्रिया सुन्ने अनलाइन माध्यममा तपाईंलाई स्वागत छ ।
आदरणीय नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरू,
हाम्रो नगरको समग्र विकास नगरवासीको सक्रिय सहयोग, सहभागिता, सद्भाव र सहकार्यमा निर्भर हुन्छ । बेनी नगरपालिकाको सामाजिक, आर्थिक, भौतिक र सांस्कृतिक विकासमा यहाँहरूको विचार, सीप, योजना र परामर्शको महत्वपूर्ण भूमिका हुन्छ ।
हामी, बेनी नगरपालिकाको तर्फबाट, तपाईंले दिनुभएको विश्वासलाई सम्मान गर्दै नगरवासीले चाहेको र सोचेको विकासलाई व्यवहारमा उतार्न निरन्तर प्रयासरत छौँ । यसका लागि बेनी नगरपालिकासँग सम्बन्धित तपाईंका कुनै पनि गुनासा, सुझाव, सल्लाह, परामर्श वा प्रतिक्रिया भएमा यस अनलाइन गुनासो प्रणालीमार्फत हामीलाई उपलब्ध गराइदिनुहोस् ।
तपाईंले पठाउनु भएको प्रत्येक गुनासो जिम्मेवारीपूर्वक अध्ययन गरी, आवश्यक र उपयुक्त समाधानका लागि सम्बद्ध शाखा, वडा तथा जिम्मेवार व्यक्तिसँग समन्वय गर्दै अगाडि बढ्ने बेनी नगरपालिकाको स्पष्ट प्रतिबद्धता रहेको छ ।
"नगरवासीको सन्तुष्टि नै बेनी नगरपालिकाको सन्तुष्टि हो।"

हाम्रा सेवाहरू
तपाईंलाई कसरी मद्दत गर्न सक्छौं
कसरी काम गर्छ?
तीन सजिलो चरणहरू
लेख्नुहोस्
ID प्राप्त
स्थिति हेर्नुहोस्
सहायता चाहिन्छ?
हामीलाई कल गर्नुहोस्